काठमाडौं । पुँजीबजारको समस्या पहिचान गरी सुधारका लागि सुझाव दिने गरी अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। पुँजी बजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना निर्माण गर्न कार्यदल गठन गरिएको हो। कार्यदलले ५ दिनभित्र कार्ययोजना…