२८ जेठ । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजेश श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी…