काठमाडौँ ५ असोज । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् । कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन कागेश्वरी मनोहरा नगरपालिका १ मा…