भक्तपुर ८ माघ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका ७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन् । उनले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट…