ललितपुर खबर ७ भदौं ०७९, ललितपुर । ललितपुरमा डेंगुको माहामारी सुरु भएको छ । स्वास्थ्य कार्यालयले उपलव्ध गराएको डाटा र अस्पतालमा विरामीको चापका कारण महामारीकै रुपमै फैलिएको बुझ्न सकिन्छ । पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले पछिल्लो दिनमा डेंगुरोगका विरामी ज्यादै बढेको बताए । उनले भने, ‘दिनकै ४० देखि ५० जना विरामी फेला परेका छन्…