७ साउन । ललितपुरको नख्खुमा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्याको निःशुल्क उपचार गर्ने अस्पताल स्थापना हुने भएको छ । विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्वारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहायतामा ‘द फेस हस्पिटल’ स्थापना हुन लागेको हो । खुँडोपना तथा अनुहारका विभिन्न विकृतीसम्बन्धी समस्या भएका नेपाली नागरिकहरुले निःशुल्क उपचार पाउने भनिएको यो अस्पतालको शनिबार शिलान्यास गरिएको…