काठमाडौं २४ भदौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताएका छन् । सोमबार ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । त्यसै गरी मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन्…