१५ असार ०७९, काठमाडौं । ललितपुरमा एक चिकित्सकमाथि कुटपिटकाे आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ। पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि उक्त ड्युटी युनिटका अन्य प्रहरीलाई पनि कारबाही गरिने भएको हो। राति १२ः४५ मा ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गरेको ती…