५ जेठ ०७९, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बुधबार साँझ ७ः४५ बजे कार्यालय परिसरमा रुखको हाँगा खस्दा उनी गम्भीर घाइते भएका थिए ।…