११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा एकैदिन १ हजार ८ सय १७ जना सवारी चालकमाथि ट्राफिक कारवाही




२३ जेठ ०७९, काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना रहेका छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १८ जना चालकमाथि कारवाही गरिएको छ । न्युज कारखाना

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।