१८ वैशाख ०७९, ललितपुर । ललितपुरको सुनाकोठी, ठेचो र चापागाँउ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरुले निर्वाचन आचार संहिता उलङ्घन गरेका छन् । यी सडकमा नेकपा माओवादी, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् । २०७८ चैत्र ८ गते जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा,…