काठमाडौंको चन्द्रागिरीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको निधन भएको छ भने एकजना घाइते भएका छन् । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको निधन भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते…