काठमाडौँ ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका २० थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाहपथको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १३ मोटरसाइकल र सात स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा…