काठमाडौँ काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आज दिउँसो असनस्थित सुनील तुलाधरको पाँचतले पक्की घरको भुइँ तलामा रहेको विद्युतीय सामान तथा भाँडाको गोदाममा सटर वेल्डिङका क्रममा विद्युत्को तार सर्ट भई आगलागी भएको परिसरका प्रहरी नायब…