१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शंखमुलमा अपरिचित पुरुष मृत भेटिए

काठमाडौं काठमाडौंको शंखमुलमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । काठमाडौं महानगरपालिका १० शंखमुल गणेश मन्दिर नजिक सडकमा हाल नाम, थर, वतन नखुलेका उनी मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।