भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् । विश्व सम्पदा सूचीँमा रहेको भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबारलगायत निर्माणाधिन सम्पदाहरूको आज अवलोकन गर्दै बिजुक्छेँले स्थानीय तहले ऐतिहासिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाए देशभरकै सम्पदा संरक्षण हुने उनले बताएका छन् । सम्पदाको महत्त्वबारे…