६ भदौ ०७८,ललितपुर । युवा गोलरक्षक रोशन गुरुङ थ्रीस्टार क्लबमा अनुवन्ध भएका छन् । आइतबार सामाजिक संञ्जाल फेसबुकमार्फत चारपटकको ए डिभिजन च्याम्पियन थ्रीस्टार क्लबले रोशनलाई आफ्नो क्लबमा आवद्ध गराएको जानकारी दिएको हो । यसअघि बी डिभिजन लिग टुसाल युथ क्लबबाट खेल्दै आएका ओखलढुंगाका रोशनले सानो गौचरण युथ क्लबबाट आफ्नो फुटबल करियर सुरु गरेका थिए ।…