काठमाडौँ १९ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका बौद्ध, गौशाला र महाराजगञ्ज प्रहरी वृत्तको अनुगमन गरेका छन् । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् । गृहमन्त्री लामिछानेले उजुरी÷जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत…