काठमाडौं । चीनको कुनमिङबाट काठमाडौं आउँदै गरेको चाइना इस्टर्न एयरलाइन्सको विमान शुक्रबार अपराह्न करिब ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। तर, मौसममा आएको खराबीका कारण विमान काठमाडौँको आकाशमा आठ फन्का लगाएर अन्ततः बङ्गलादेशको राजधानी ढाका डाइभर्ट गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले खराब मौसमका कारण केही समय भिजिबिलिटी (दृश्यता) नपुगेको…