काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारी घर भएका २८ वर्षीय रवी कुमार श्रीवास्तव छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र बौद्धको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो ।…