काठमाडौं। उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध सरोकारवालाहरूले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतले अतिरिक्त २० मिटर खुला ठाउँ छाड्नुपर्ने फैसला गरेपछि काठमाडौं महानगरपालिकाले त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको थियो। तर सरोकारवालाहरूले यो निर्णयको विरोध गर्दै पुन: प्रदर्शन गरेका हुन्। उनीहरूले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचानमाथि कठोर र निर्मम प्रभाव परेको आरोप लगाएका…