११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अबरुद्ध मनहरी सडक खुल्यो, वार्ता जारी



काठमाडौं। मनहरी ६ मा आइतबार भएको घटनापछि ठप्प परेको पूर्व–पश्चिम राजमार्ग सोमबार बिहानबाट फेरि सञ्चालनमा आएको छ। स्थानीय शिक्षक सुर्य बहादुर लामाको मृत्युसँग सम्बन्धित मुद्दामा उचित क्षतिपूर्ति माग गर्दै स्थानियहरूले सडक जाम गरेका थिए। अहिले इलाका प्रहरी कार्यालयमा वार्ता जारी छ। यदि वार्ता सकारात्मक नहुने हो भने स्थानीयहरूले पुनः सडक ठप्प पार्ने चेतावनी दिएका छन्।

शिक्षक लामाको मृत्यु हेटौँडा जाँदै गरेको ट्रकको ठक्करबाट भएको थियो। स्थानीयहरूले तत्कालका लागि सडक सुचारु गरिसकेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।