काठमाडौं । तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडपछि कर्फ्यु लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले हवाइ यात्रुलाई सहजीकरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हवाइ टिकटका आधारमा यात्रुलाई विमानस्थल जान सहजीकरण गरिने जानकारी दिएका हुन्। जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यु लगाएको थियो। ‘हवाइ यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र…