काठमाडौं । काठमाडौं उपत्यकामा चिसो अझ बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झरेको छ। महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस देखिएको थियो। त्यसपछि तापक्रम थप घट्दै बिहान ८:४५ बजे ३ डिग्री सेल्सियसमा पुगेको हो।…