काठमाडौं । काठमाडौं उपत्यकामा चिसो अझ बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियसमा झरेको छ।
महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस देखिएको थियो। त्यसपछि तापक्रम थप घट्दै बिहान ८:४५ बजे ३ डिग्री सेल्सियसमा पुगेको हो। कुनै पनि दिनमा सबैभन्दा तल पुगेको तापक्रमलाई सो दिनको न्यूनतम तापक्रम मानिने गरिन्छ।
यसअघि हिजो आइतबार काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पछिल्लो समयको सबैभन्दा चिसोमध्ये एक मानिएको छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा तापक्रम मापन गर्दै आएको छ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रमलाई न्यूनतम तापक्रम र सबैभन्दा माथि पुगेको तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसम महाशाखाले जनाएको छ।



प्रतिक्रिया