काठमाडौं । काठमाडौं उपत्यकामा मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले सार्वजनिक अनुरोध गरेको छ। तीनवटै प्रशासन कार्यालयले अलगअलग सूचना जारी गरी सभ्य, मर्यादित र संस्कृति अनुसार होली पर्व मनाउन अनुरोध गर्दै उच्छृङ्खल गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौँ प्रशासनले सूचना जारी गर्दै भनेको छ, ‘सामाजिक व्यवहार…