काठमाडौं । काठमाडौंमा बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्ट हाउस सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले गोरखा पालुङटार नगरपालिका–६ बस्ने ४५ वर्षीय शम्भुलाल मल्ललाई पक्राउ गरेको हो । उनले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। उनले त्यहाँ बालिकाहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाइरहेको भन्ने सूचना प्रहरीले…