काठमाडौं । भक्तपुर र ललितपुरकाे सिमानास्थित ललितपरको लुभुमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ। महालक्ष्मी नगरपालिका वडा नं. ८ लुभुकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे। उक्त ठाउँमा घर बनाउने प्रयाेजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएकाे स्थानीय प्रकाश थापाले जानकारी दिए। उनले साे शिवलिङ्ग आफ्नो घरमा सुरक्षित राखेको बताए। अक्षर उत्कीर्ण…