८ चैत्र २०८१, शनिबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरका विभिन्न क्षेत्रमा ‘सफल’ व्यक्तिहरु महाँकाल गाँउपालिकाद्वारा सम्मानित



ललितपुर
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरुलाई पहिचान गरेर गाँउपालिकाले सम्मान गरेको छ ।
गाउँपालिकाको आठौं स्थापना दिवसको सन्दर्भमा विभिन्न सामाजिक, राजनीतिक, पेशामा उच्च योगदान दिएका सफल ५६ जनाव्यक्तिहरुलाई महाँकाल गाँउपालिकाले सम्मान गरेको हो ।
गाउँपालिकाको मुख्यालय गोटिखेलमा विहिबार आयोजना गरिएको कार्यक्रममा वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र वागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाउँले सम्मान गरेकी हुन् ।
कार्यक्रममा राजनीतितर्फ प्रदेश उपसभामुख अप्सरा चापागाई, अन्तर्राष्ट्रिय अवार्ड पाएकी गाउँपालिकाकी उपाध्यक्ष डोल्मामायाँ गोले, शिक्षा क्षेत्रतर्फ राजेन्द्रप्रसाद तिमल्सिना, सहकारीतर्फ रामशरण शर्मा घिमिरे, पत्रकारितातर्फ अमृतनाथ तिमल्सिना, साहित्यतर्फ रत्न विरही घिमिरे, गायनतर्फ सुजाता केसी,
निजामती सेवातर्फ उपसचिव निरा अधिकारी, अधिकृतहरु गोपाल दुलाल (प्रमुख प्रशासकीय अधिकृत कोन्ज्योसोम गाउँपालिका) र होमनाथ दाहाल (उत्तरगया गाउँपालिका), डा.उपाधी हासिल गरेका डा.खडानन्द दुलाल, खेन रिम्पोछे गेसे ङिमा तामाङ, डा.लक्ष्मण प्रसाद घिमिरे, डा.नारायण घिमिरे, डा.कर्णप्रसाद दाहालडा.ज्ञानु तिमल्सिना, डा.अनु तिमल्सिना, डा.आस्था घिमिरे, डा.रुपक तिमल्सिना, पाइलट अजय तिमल्सिना, इन्जिनियर सुन्दरश्याम घिमिरेलगायत सम्मानित भएका छन् ।
कार्यक्रममा विभिन्न विद्यालयका ११ जना शिक्षक६ वटा सहकारी र ४ जना प्रधानाध्यापकलाई पनि सम्मान गरिएको थियो ।
सम्मानपछि खेलकुदमन्त्री महर्जनले गाउँपालिकाले आफ्नो क्षेत्रका सफल व्यक्तिहरु पहिचान गरेर सम्मान गर्ने संसकार सुरु गरेको भन्दै खुशी व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले दक्षिण ललितपुरलाई अघि बढाउन सम्मानित व्यक्तिहरुको योगदान रहने अपेक्षा व्यक्त गरे ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।