१४ चैत । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत…