काठमाडौं । लागुपदार्थ सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दु:ख दिने टिकट काउन्टरका ७ कार्यरत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामनपा–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानको टिकट काउन्टरमा कार्यरत कर्मचारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो…