काठमाडौं । बाढीले क्षतिग्रस्त बीपी राजमार्गको मर्मत कार्य सुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको हो । विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढी क्षति पु¥याएको छ । त्यस मध्ये ८.५ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा…