काठमाडौं । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ…