२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं नारायणटारमा महिला मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार उनी डेराकोठामा बस्दै आएकी थिइन् र कोठामै मृत भेटिएको हो। प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।