२५ भदौ । नेपालस्थित अमेरिकी दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ८ घर भई हाल महालक्ष्मी– ४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका– १० घर भई हाल महालक्ष्मी– ५ टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार…