५ मंसिर ।जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपासको क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको हो । निषेधाज्ञा जारी भएको ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनशन…