भक्तपुर ७ कात्तिक । नवरात्रिको नवौँ दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याई भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्णमा बाधेर राख्ने र नवमीका दिन उक्त राँगोलाई राति नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा…