२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गौशालाको धर्मशालामा काठमाडौँ महानगरले राख्यो बोर्ड



२४ असोज । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारवाडी सेवा समितिको बोर्ड हटाएर काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।

मारवाडी सेवा समितिले गरेको विरोधको बाबजुद महानगरको टोलीले बल प्रयोग गरेर काठमाडौं महानगरको बोर्ड राखेको हो ।

‘काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित गौशाला धर्मशाला’ उल्लेख गरेको ब्यानर टाँग्न लाग्दा मारवाडी सेवा समितिका सदस्यहरूबीच र महानगर प्रहरीबीच घम्साघम्सी भएको थियो ।

महानगरपालिकाले आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन ८ नम्बर वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो ।

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।