२५ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोलामा युवक मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। उनी सुन्दरीजल घुम्न गएको र बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको सूचना प्रहरीलाई गरिएको थियो। प्रहरी वृत्त बौद्व लगायत विभिन्न…