१३ साउन । काठमाडौं दहचोक क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ घर भई कलंकीमा बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । दुईथान खुकुरी र गरगहनासहित शनिबार कलंकी क्षेत्रबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए ।…