काभ्रेपलाञ्चोक ३ असोज । पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)द्वारा दक्षिण पूर्वी एशियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम छ । सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एशियाली विश्व स्वास्थ्य सङ्गठनको ‘स्वस्थ सहर सञ्जाल’को सात सहरमध्ये धुलिखेल पनि एक सदस्य हुनेछ । नगरापालिाकाले सबै मापदण्ड पूरा गरेकाले…