काठमाडौं २२ साउन । भक्तपुरको एक वालिकाको पानीमा डुवेर मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरको सुर्यबिनायक नगरपालिका–१० चित्तापोल बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ घर भएकी गीता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको बाल्टिनमा रहेको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको हो । पानीमा डुबेर अशक्त भएकी उनको उपचारका लागि ख्वप अस्पताल च्यामासिंह लगिएको थियो ।…