१७ साउन । काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक स्थानका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । एरोशान कम्पनीले सञ्चालनमा ल्याएको नयाँ बानेश्वरको शौचालय, त्रिपुरेश्वर र भद्रकालीको सार्वजनिक शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् । यसअघि तीनै वटा सार्वजनिक शौचालयमा सेवाग्राहीले शुःल्क तिर्दै आएका थिए । काठमाडौँ महानगरपालिकाले तीन ठाउँको शौचालय सञ्चालकसँग सहमति गरेपछि…