काठमाडौँ ८ साउन । काठमाडौंको कुलेश्वर सडकमा लागुऔषध सेवनगरी दुर्घटना गराएपछि एक नीजि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध सेवनगरी दुर्घटना गराएको भन्दै ती चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार बेलुका काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको…