३१ जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको एक सरकारी कार्यालयको ताल्चा फोरेर चोरी ललितपुर



१५ साउन । ललितपुरको एक सरकारी कार्यालयको ताल्चा फोरेर चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२६ ढोलाहीटीस्थित २६ नम्बर वडा कार्यालयमा चोरी भएको हो ।
कार्यालय भवनको मूल गेटको ताल्चा फोडेर चोरी भएको प्रहरीको भनाई छ । कार्यालयबाट सिपियु ५ थान, मनिटर १ थान र चुलो १ थान गरी करिब १ लाख ३९ हजार ५ सय रूपैयाँ बराबरको सरसामान मंगलबार बिहान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।