१४ असार । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगको गर्भगृहबाट परीक्षणका लागि निकालिएको सुनको जलहरी आज (बिहीबार) बिहान विधिपूर्वक पुन:स्थापना गरिएको छ । जलहरी पुन:स्थापनाको काम हिजो (बुधबार) साँझ ६ बजेबाट सुरु भएको थियो । बिहान सबै काम सकेर ५ बजेदेखि नै पशुपति मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । जलहरी जोडेपछि अब तीन दिन क्षमापूजा गरिनेछ ।…