काठमाडौं, १३ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित भएको टिप्पणी गरेका छन् । उनले पीडितहरू सधैं काठमाडौंमा आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको उनको भनाइ छ । सोमबार खुलामञ्चको गेट अगाडि मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला मेयर शाहले समाजिक सञ्जालमा लेखेर सरकारको…