२२ पुस । ठगी मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१ घर भएका सफल राज कुँवर पक्राउ परेका छन् । उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ शनिबार नेपाल फिर्ता ल्याइएको छ । कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको अपराध मुद्दाका फरार प्रतिवादी…