ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नगरवासीको सुरक्षा, दैनिक जीवनस्तर सुधार र आम्दानी सृजनालाई महानगरको मुख्य दायित्व रहेको बताएका छन्। आइतबार आयोजित कार्यक्रममार्फत उनले हाल महानगरले पुर्याइरहेको सेवा, चुनौती र आगामी योजनाबारे जानकारी दिए। महर्जनका अनुसार जेनजी आन्दोलनका समयमा ललितपुरको दमकल सेवा केवल आफ्नै क्षेत्रमै सीमित नरही काठमाडौंका महत्त्वपूर्ण स्थानहरूमा पनि सक्रिय रूपमा प्रयोग…