काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्यामा पक्राउ परेका १९ वर्षीय अनुपम भण्डारी क्रिकेट सिक्दै आएको व्यक्ति रहेको खुलेको छ। भण्डारी कैलाली लम्मीचुहा नगरपालिका–४ घरका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनका अनुसार उनी भारतको बैंगलोरमा तीन महिनाअघि क्रिकेट प्रशिक्षण लिएर फर्केका थिए…